रास्वपाप्रति ओ‌लीको टिप्पणी : अहिले विचारविनाका पार्टीको लहर चल्या छ

रास्वपाप्रति ओ‌लीको टिप्पणी : अहिले विचारविनाका पार्टीको लहर चल्या छ

काठमाडौं : एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विचारविनाका पार्टीहरूको लहर चलेको बताएका छन्।

बिहीबार मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै यस्तो बताएका हुन्।

‌ओलीले राजनीतिक पार्टीहरू समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भए पनि अहिले विचार नचाहिने पार्टीहरूको लहर चलेको बताए।

अध्यक्ष ‌ओलीले राजनीतिक दल र नेताहरूले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको बताए। उनले आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटीको अन्त्य हुँदै गएको बताए।

अध्यक्ष ओलीले मौलिकताविनाको आन्दोलनहरू सफल हुन नसक्ने बताए।

१४ असार, २०८०, १८:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।