७७ वटै जिल्लामा खटायो रास्वपाले सांसद, कसलाई कहाँको जिम्मेवारी ?

७७ वटै जिल्लामा खटायो रास्वपाले सांसद, कसलाई कहाँको जिम्मेवारी ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ।

जनताको आवाज संसद्सम्म पुर्याउन भन्दै रास्वपाले सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए।

बेथिति, भ्रष्टाचार, विकास योजनाजस्ता समस्या भए सांसदलाई सम्पर्क गर्न सकिने र त्यसका लागि अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोनबाहेक आफ्ना सूचना र सन्देश ह्वाट्सएपमा पठाउन रास्वपाले आग्रह गरेको छ।

कुन जिल्लाको जिम्मेवारी कसलाई ?

रास्वपाले विज्ञप्ति जारी गरी सांसद डोलप्रसाद अर्याललाई बारा, धादिङ, कञ्चनपुर र कैलालीको जिम्मा दिएको छ। 

त्यस्तै विराजभक्त श्रेष्ठलाई गुल्मी, दार्चुला, अछाम र पाल्पाको जिम्मेवारी दिइँदा 

सन्तोष परियारको भागमा परेका जिल्लाहरू भक्तपुर, अर्घाखाँची, दैलेख र बाजुरा छन्। 

यसैगरी निशा डाँगीलाई झापा, मोरङ, इलाम र सल्यानको जिम्मेवारी तोकिएको पार्टीले जनाएको छ।

त्यसैगरी मनिष झालाई धनुषा, रौतहट, रुपन्देही र बझाङको जिम्मेवारी दिइएको छ भने गणेश पराजुलीलाई ओखलढुंगा, खोटाङ, सिराहा र डडेलधुराको जिम्मा छ।

यसैगरी काठमाडौँ क्षेत्र नम्बर २ बाट निर्वाचित युवा सांसद सोविता गौतमलाई दोलखा, रामेछाप, सिन्धुपाल्चोक र जाजरकोटको जिम्मा परेको छ भने अर्की सांसद सुमना श्रेष्ठलाई रसुवा, काठमाडौँ, रुकुमपूर्व र रुकुमपश्चिमको जिम्मेवारी दिइएको छ।

यसैगरी ललितपुरबाट निर्वाचित डा. तोसिमा कार्कीलाई ताप्लेजुङ, पाँचथर, डोटी र ललितपुरको जिम्मेवारी दिइएको छ।

काठमाडौँबाटै निर्वाचित शिशिर खनाललाई भने रोल्पा, दाङ, सर्लाही र सप्तरीको जिम्मेवारी दिइएको छ।

यसैगरी चितवनबाट निर्वाचित हरि ढकाललाई सोलुखुम्बु, चितवन, नवलपुर र उदयपुर र तनहुँ उपनिर्वाचनबाट विजयी सांसद डा. स्वर्णिम वाग्लेलाई गोरखा, पर्सा, बैतडी र तनहुँको जिम्मा दिइएको छ।

डा. चन्दा कार्कीलाई भने भोजपुर, सिन्धुली, मनाङ र महोत्तरीको जिम्मेवारी छ भने असिम साहलाई काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ र कपिलवस्तुको जिम्मा लगाइएको पार्टीले जनाएको छ।

उता लक्ष्मी तिवारीलाई प्युठान, परासी, बर्दिया र बाँके र अशोककुमार चौधरीलाई धनकुटा, तेह्रथुम, सङ्खुवासभा र सुनसरी, शिव नेपालीलाई लमजुङ, म्याग्दी, पर्वत र कास्कीको जिम्मा लगाइएको छ।

यस्तै सांसद विनिता कठायतलाई जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत र डोल्पा तथा विन्दबासिनी कंसाकारलाई स्याङ्जा, बाग्लुङ र मकवानपुरको जिम्मेवारी तोकिएको छ।

१४ असार, २०८०, १४:३०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।