आफूमाथि लागेका आरोपसम्बन्धी गुप्तचर कागजात ट्रम्पले बाथरूममा लुकाए

आफूमाथि लागेका आरोपसम्बन्धी गुप्तचर कागजात ट्रम्पले बाथरूममा लुकाए

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गोप्य कागजातहरू मामिलामा ३७ आरोपहरू शुक्रबार सार्वजनिक गरिएको छ।

जसमध्ये ३१ वटा जानीजानी राष्ट्रिय सुरक्षासँग सम्बन्धित कागजात राख्ने मुद्दा छन्। यसबाहेक उनीमाथि झुटा बयान दिने, कागजात लुकाउने, न्यायमा बाधा पुर्याएको आरोप लगाइएको छ। 

बीबीसीका अनुसार ४९ पृष्ठको चार्जसिटमा ट्रम्पले यी कागजातहरू आफ्नो बाथरूम, बलरूम, अफिस, स्टोर रुम र शयनकक्षमा लुकाएका थिए। ट्रम्पले आफ्ना वकिलहरूलाई एफबीआईको अनुसन्धानमा बाधा पुर्याउन फाइलहरू लुकाउन वा नष्ट गर्न आदेश दिएका अभियोजकहरूले बताएका छन्। 

आरोपहरू बाबजुद ट्रम्पको दाबेदारीमा खतरा भने छैन

अमेरिकी इतिहासमा पूर्वराष्ट्रपतिमाथि संघीय आरोप लगाइएको यो पहिलो पटक हो। यद्यपि, ट्रम्पविरुद्ध आरोपको बाबजुद राष्ट्रपति चुनावका लागि उनको दाबीमा कुनै कानूनी खतरा हुने छैन। दोषी ठहर भए पनि उनी कानुनी रूपमा राष्ट्रपतिको चुनाव लड्न सक्नेछन्। तर, उनको गिरफ्तारीबारे भने कुनै जानकारी आएको छैन।

मियामी अदालतमा मुद्दाको सुनुवाइको तयारी भइरहेको छ।

२७ जेठ, २०८०, १३:१९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।