४० दिनपछि जंगलमा जीवितै भेटिए विमान दुर्घटनामा परेका ४ बालबालिका

४० दिनपछि जंगलमा जीवितै भेटिए विमान दुर्घटनामा परेका ४ बालबालिका

एजेन्सी : विमान दुर्घटनामा परेका ४ बालबालिका कोलोम्बियाको जंगलमा ४० दिनपछि जीवितै भेटिएका छन्।

गत मे १ तारिखमा भएको विमान दुर्घटनामा परेका ४ जना बालबालिकालाई कोलोम्बियाको सेनाले शुक्रबार जीवितै उद्धार गरेको हो।

ती बालबालिका मध्ये एक जना १ वर्षको बालक समेत रहेको बताइएको छ। अन्य भने ४, ९ र १३ वर्षको रहेका छन्।

उद्धारकर्ताले उनीहरूलाई घना जंगलको बीचमा एकै स्थानमा बसेको अवस्थामा फेला पारेका थिए। ४० दिनसम्म जंगलको बीचमा ४ बालबालिका बच्न सफल हुनुलाई उनीहरूले चमत्कार बताएका छन्।

कोलोम्बियाका रक्षामन्त्रीले गत महिना विमान दुर्घटना हुँदा जंगलमा बेपत्ता भएका चार जना बालबालिका उद्धारकर्ताहरूको टोलीले जीवितै फेला परेको पुष्टि गरेका हुन्।

‘सम्पूर्ण देशको लागि यो खुसीको क्षण हो। कोलम्बियन जंगलमा हराएका बालबालिका जीवितै भेटिए,’ बालबालिकासहितको उद्धारकर्ताहरूको फोटो सेयर गर्दै कोलोम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले भने।

मे १ तारिखमा पाइलटसहित सात सना सवार सानो विमान जंगलमा हरएको थियो। उद्धारकर्ताहरूले दुर्घटनास्थलमा रहेको विमानबाट अन्य तीन वटा शवहरू भेट्टाएका छन्।

२७ जेठ, २०८०, ११:२३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।