भारत र पाकिस्तानसँग क्रिकेट खेल्ने नेपाली टोली घोषणा

भारत र पाकिस्तानसँग क्रिकेट खेल्ने नेपाली टोली घोषणा

काठमाडौंं : हङकङमा हुने एसीसी वुमन्स टी–२० इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टिमको घोषणा भएको छ।

१२ जुनदेखि हुने प्रतियोगिताका लागि मलेसियासँग ५ म्याचको शृंखला खेलेको नेपाली टोली नै यस प्रतियोगिताका लागि जाने भएको हो।

नेपाली टोलीलाई शनिबार हङकङ पठाउने तयारी भइरहेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। टिमका लागि प्रशिक्षक सामसन जंग थापा नै रहनेछन्।

नेपालले यस प्रतियोगिताका लागि समुह ‘ए’ मा रहेर हङकङ, भारत ए र पाकिस्तान ए सँग खेल्नेछ।

समूह बीमा बंगलादेश, मलेसिया, श्रीलंका र दुबई हुनेछन्।

नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ। यस्तै १७ जुनमा घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

२६ जेठ, २०८०, २०:०४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।