फ्रान्सको पार्कमा बालबालिकामाथि चक्कु प्रहार, छ मध्ये तीनकाे अवस्था गम्भीर

फ्रान्सको पार्कमा बालबालिकामाथि चक्कु प्रहार, छ मध्ये तीनकाे अवस्था गम्भीर

एजेन्सी : दक्षिण–पूर्वी फ्रान्सको एनेसी सहरमा चक्कु प्रहारबाट ६ बालबालिकाको घाइते भएको छ।

स्थानीय समयअनुसार बिहीबार विहान ९ बजेर ४५ मिनेटमा चक्कु प्रहार भएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले ४५ वर्षीय सिरियन शरणार्थीलाई पक्राउ गरेको फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मिनले बताएका छन्।

घाइते ६ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ। 

एनेसी सहरको ताल नजिकैको पार्कमा तीन वर्षभन्दा कम उमेरका बालबालिकामाथि आरोपीले आक्रमण गरेका थिए।

बालबलिकामथिको आक्रमणपछि फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले यसलाई ‘कायरतापूर्ण कार्य’ भन्दै राष्ट्र स्तब्ध रहेको बताएका छन्।

साथै उनले आफूहरू पीडित परिवारको साथमा रहेकोसमेत उल्लेख गरेका छन्।

घटनापछि प्रधानमन्त्री एलिजाबेथ बोन पनि दुर्घटनास्थल जान लागेकी छन्।

२५ जेठ, २०८०, १६:०१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।