इटालीले हटायो साउदी अरेबियामाथि लगाएको प्रतिबन्ध

इटालीले हटायो साउदी अरेबियामाथि लगाएको प्रतिबन्ध

एजेन्सी : इटालीले साउदी अरेबियामाथि लगाएको हतियार बिक्रीको प्रतिबन्ध हटाएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकपछि इटाली सरकारले विज्ञप्ति गर्दै प्रतिबन्ध हटाउने निर्णय भएको जनाएको हो।

इटालीले सन् २०१९ र २०२० मा साउदी अरबलाई सैन्य हतियार बेच्न प्रतिबन्ध लगाएको थियो। इटालीले यमन संकटको बेला यसलाई प्रयोग गर्न सक्ने डर थियो।

इटाली सरकारले जारी गरेको विज्ञप्तिमा साउदी अरेबियाको हालैको शान्ति प्रयासलाई ध्यानमा राखेर यो निर्णय गरिएको बताइएको छ।

यमनमा, इरान–समर्थित हुथी विद्रोहीहरूले २०१४ मा राजधानी सानाबाट सरकारलाई हटाएका थिए। त्यसपछि साउदी अरब समर्थित सैन्य गठबन्धनले २०१५ देखि देखि सरकार पुनर्स्थापना गर्ने प्रयास गरिरहेको छ।

साउदी अरेबिया र इरानबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि शान्ति प्रक्रिया सुरु भएको छ।

इटालीले साउदी अरेबियाको बारेमा आफ्नो निर्णय युनाइटेड अरब इमिरेट्स (युएई) मा हतियार प्रतिबन्ध फुकुवा गरेको गत महिना गरिएको निर्णयसँग मिल्दोजुल्दो रहेको जनाएको छ।

१८ जेठ, २०८०, १५:३०:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।