भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त

भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त

एजेन्सी : भारतीय वायुसेनाको ट्रेनर विमान दुर्घटनाग्रस्त भएको छ।

विमान कर्नाटकको चामराजनगरमा दुर्घटनाग्रस्त भएको समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

घटनामा कुनै हताहतीको खबर छैन। ट्रेनरको विमान नियमित प्रशिक्षण उडानमा रहेको बेला दुर्घटना भएको थियो।

भारतीय वायुसेनाले ट्वीट गर्दै घटनाको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिएको जानकारी दिएको छ।

१८ जेठ, २०८०, १५:११:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।