मलेसियासँग पाँच खेल खेल्न महिला क्रिकेट टोली घोषणा, तीन नयाँ अनुहार

मलेसियासँग पाँच खेल खेल्न महिला क्रिकेट टोली घोषणा, तीन नयाँ अनुहार
फाइल तस्बिर

काठमाडौं : मलेसियासँगको श्रृंखलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टीमको घोषणा गरिएको छ।

बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले मलेसियासँगको ५ खेलको टी–२० शृंखलाका लागि अन्तिम १४ जनाको टिम घोषणा गरेको हो।

सामसन जङ थापाले शृंखलाका लागि टिममा पहिलो पटक तीन नयाँ अनुवार समावेश गरेका छन्।

सम्झना खड्का, कृतिका मरासिनी र इश्वरी विष्ट पहिलो पटक राष्ट्रिय टिममा परेका हुन्।

मे २९ देखि जुन ४ सम्म हुने शृंखलाको पहिलो खेल नेपालले मे २९ मा खेल्नेछ।

११ जेठ, २०८०, २१:१९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।