प्रतिकुल स्वास्थ्यका कारण संंसद बैठकमा उपस्थित हुन सकिनँ : केपी ओली

प्रतिकुल स्वास्थ्यका कारण संंसद बैठकमा उपस्थित हुन सकिनँ : केपी ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिकुल स्वास्थ्यका कारण संसद बैठकमा उपस्थित हुन नसकेको बताएका छन्।

यसअघि बिहीबारको संसद् बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू राख्ने घोषणा गरेका ओलीले स्वास्थ्य प्रतिकुल भएका कारण बैठकमा उपस्थित हुन नसकेको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन्।

ओलीले आफ्नो स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसद्मा बोल्ने बताएका छन्। साथै उनले बिहीबार संसदमा भएको प्रधानमन्त्री र सांसद्हरूबीचको प्रश्नोत्तरको विषयमा पनि टिप्पणी गरेका छन्।

प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसद्हरूबीच प्रश्नोत्तरको कार्यक्रम सुरु गरेर ठिक भएको भन्दै उनले प्रश्नहरु औपचारिकताका लागि मात्रै जवाफहरू ओठे प्रतिबद्धताहरू मानै नहोस् भनेर टिप्पणी गरेका छन्।

४ जेठ, २०८०, १९:०७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।