भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई जोगाउन षडयन्त्र भइरहेको छः भीम रावल

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई जोगाउन षडयन्त्र भइरहेको छः भीम रावल

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षडयन्त्र भइरहेको एमाले नेता भीम रावलले आरोप लगाएका छन्। 

मंगलबार बिहान एक ट्विट गर्दै रावलले राजनीतिक वा प्रशासनिक तहको व्यक्तिले त्यसो गरे देश र जनताप्रति गद्दारी,शहीदको रगतको अपमान हुने लेखेका छन्। 

उक्त कार्य संविधान,कानून र शासन प्रणाली मिच्ने आपराधिक कर्म हुने र इतिहासले माफी नदिने लेखेका छन्। 

शरणार्थी प्रकरणमा बालकृष्ण खाँण टोपबहादुर रायमाझीलगायत हाई प्रोफाइललाई प्रहरीले पक्राउ गरी अदालतबाट म्याथ गरी अनुसन्धान गरिरहेको छ। 

२ जेठ, २०८०, ११:४२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।