पूर्व गृहमन्त्री खाण पक्राउपछि प्रहरीले विज्ञप्ति निकालेर भन्यो' अनुसन्धान प्रमाणका आधारमा हुन्छ'

पूर्व गृहमन्त्री खाण पक्राउपछि प्रहरीले विज्ञप्ति निकालेर भन्यो' अनुसन्धान प्रमाणका आधारमा हुन्छ'

काठमाडौँ : पूर्व गृहमन्त्री बालकृष्ण खाणको पक्राउसँगै प्रहरी प्रधान कार्यालयले विज्ञप्ति निकाल्दै नक्कली भुटानी शरणार्थीबारेको अनुसन्धान प्रमाणमा रहेर हुने उल्लेख गरेको छ।

प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयकातर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले विज्ञप्ति निकाल्दै तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूत रूपमा निष्कर्षमा पुर्याउने उल्लेख गरेको छ।

विज्ञप्तिमा कतिपय सञ्चार माध्यम र अनलाइनहरूमा यो मुद्दाको विषयलाई लिएर गलत, मनोगत, अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएको प्रहरीको दाबी छ।

तथ्यहीन तथा भ्रामक समाचारबाट जनमानसमा गलत सूचना प्रवाह हुँदा मुद्दाको अनुसन्धानमा समेत नकारात्मक असर पर्न सक्ने भन्दै प्रहरीले तथ्यमा आधारित रहेर सूचना सम्प्रेषण गर्न समेत अनुरोध गरेको छ।

प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधवार बिहान खाणलाई पक्राउ गरेको थियो। एमाले सचिव टोपबहादुर रायमाझी भने अझै फरार छन्। उनलाई एमालेले बुधवारै निलम्बन गरेको छ।

सम्बन्धित समाचार

२७ बैशाख, २०८०, १४:१९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।