आईपीएलमा पञ्जाबले राजस्थानलाई हरायो
काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दोस्रो स्थनमा रहेको राजस्थान रोयल्सले लगातार चौथो हार बेहोरेको छ।
राजस्थानले प्लेअफमा स्थान पक्का गरे पनि शीर्ष २ मा रहन नसक्ने खतरा पनि बढेको छ। आईपीएलमा कोलकाता नाइटराइडर्सले मात्रै शीर्ष २ मा रहेन पक्का गरेको छ।
अब शीर्ष २ मा रहनका लागि राजस्थानले अन्तिम खेल जित्नुपर्छ।
यस्तोमा १८ अंक हुनेछ, तर सनराइजर्स हैदरावादसँग पनि दुई खेल बाँकी रहँदा १८ अंक पुग्ने मौका छ र यसको नेट रनरेट पनि राम्रो छ। यस्तो अवस्थामा शीर्ष २ मा पुग्न राजस्थानले आफ्नो जितसँगै हैदरावादको हारमा भर पर्नु पर्नेछ।
बुधबार राति गुवाहाटीमा भएको खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ।
पहिले खेल्दै राजस्थानको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो।
जवाफमा पञ्जाबले १८.५ ओभरमा १४५/५ रन बनाएर लक्ष्य पूरा गर्यो। यो सिजनमा पञ्जाबको पाँचौं जित हो र टोली १० अंकसहित अंक तालिकाको नवौं स्थानमा पुगेको छ।
योसँगै राजस्थान अझै दोस्रो स्थानमा छ तर शीर्ष २ मा रहेको लिग चरणमा पुग्ने उसको आशामा धक्का लागेको छ।
जेठ ३, २०८१ बिहीबार ०७:३३:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।