भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रहरीले नै गर्नुपर्छ, अख्तियारले होइन : लिङ्देन

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रहरीले नै गर्नुपर्छ, अख्तियारले होइन : लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कसैलाई पनि उन्मुक्ति दिने काम सरकारले गर्न नहुने बताएका छन्।

आज (बुधबार) को प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो राज्यविरुद्धको जघन्य अपराध भएको बताए।

‘यो एक प्रकारको जघन्य अपराध हो। यसमा संलग्न कुनै पनि मानिसलाई छुट दिने त कुरै नगरौं यसमा कुनै पनि बहानामा कमजोर बनाउने र उन्मुक्ति दिने काम सरकारले गर्न हुँदैन,’ उनले भने।

‘पछिल्लो दिनमा प्रहरीले अनुसन्धान नगर्ने हो कि अख्तियारलाई बुझाउने हो कि भन्ने जस्ता तर्कहरु आउन थालेका छन्।यस्ता गल्ती नगर्न सरकारसँग आग्रह गर्न चाहन्छु,’ उनले थपे।

दुनियाँको अगाडि शिर निहुरिने यस्तो अपराधमा पूर्वगृहमन्त्री र उपप्रधानमन्त्रीको नाम जोडिनु लज्जास्पद भएको समेत उनले जिकिर गरे।

२७ बैशाख, २०८०, १२:५३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।