खाँण समातिएपछि रवि लामिछानेले लेखेः धन्यवाद सरकार, यो सिलसिला कुनै हातलमा नरोकियोस्

खाँण समातिएपछि रवि लामिछानेले लेखेः धन्यवाद सरकार, यो सिलसिला कुनै हातलमा नरोकियोस्

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेपछि रास्वपा सभापति रवि लामिछानेले खुशी प्रकट गरेका छन्। 

आज बिहान निजी निवासबाटै खाँलाई काठमाडौं प्रहरी परिसरले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। 
खाँणलाई नियन्त्रणमा लिएपछि लामिछानेले नेपाल प्रहरी र सरकारलाई धन्यवाद दिएका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्- धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।

भ्रष्टाचारीको फाइल खोल्न वर्तमान सरकारले नमानेको भन्दै केही दिनअघि उनले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। तर पुष्पकमल दाहाल  'प्रचण्ड' सरकारले एकपछि अर्को गर्दै हाई प्रोफाइललाई अनुसन्धानको दायरामा ल्याइरहेको छ। 

 

२७ बैशाख, २०८०, ११:१२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।