संसद्मा आरजुको प्रस्ताव ' ठूला भाषण मात्रै हैन, सबै सांसदको सम्पत्ति विवरण सार्वजनिक गरौँ'

संसद्मा आरजुको प्रस्ताव ' ठूला भाषण मात्रै हैन, सबै सांसदको सम्पत्ति विवरण सार्वजनिक गरौँ'

काठमाडौँ : नेपाली कांग्रेसकी सांसद आरजु राणाले आफूसहित सबै सांसदहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेकी छन्।

प्रतिनिधि सभामा उनले भारतमा सांसदले के किनेको त्यसको स्रोत समेत खुलाउनुपर्ने उदाहरण दिँदै सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित वेबसाइटमा राख्न प्रस्ताव गरेकी हुन्।

‘हामी जति सांसद छौँ, जहिलेदेखि बनेका छौँ, सबैको सम्पत्ति विवरण प्रकाशित होस्। हाम्रो वेबसाइटमा राखियोस्। जनताले देखोस्’ उनले भनिन्।

उनले भ्रष्टाचारको विषयमा को कति गम्भीर छ भन्ने मुख्य विषय रहेको भन्दै केवल ठुला भाषण गरेर मात्र नहुने भन्दै सम्पत्ति विवरण नै सार्वजनिक गर्न माग गरेकी थिइन्।

२४ बैशाख, २०८०, १८:२०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।