नेपाल प्रहरीका १३ डीआईजीको सरुवा, को कहाँ पदस्थापन ?

नेपाल प्रहरीका १३ डीआईजीको सरुवा, को कहाँ पदस्थापन ?

वैशाख ६ गते बढुवा भएका नेपाल प्रहरीका १३ डीआईजीको पदस्थापन गरिएको छ ।

गृह मन्त्रालयले बुधबार तीन जना डीआईजीललाई प्रदेश प्रमुखको जिम्मा दिएको छ। 

डीआईजी राजेशनाथ बास्तोला कोशी प्रदेश, जनक भट्टराई मधेश प्रदेश पठाइएको छ। अशोक सिंहले राजनीनामा दिएपछि रिक्त रहेको सुदूरपश्चिम प्रदेशमा भरतबहादुर बोहरालाई पदस्थापन गरिएको छ।

यस्तै सीआईबीमा यज्ञविनोद पोख्रेल, विमानस्थलमा अर्जुन चन्द ठकुरी र महानिरीक्षकको सचिवालयमा कुवेर कडायतले जिम्मेवारी पाएका छन् ।

१३ बैशाख, २०८०, २२:०६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।