प्रहरीको कमान्डमा जनपदतर्फ नै दुई महिला एआइजी, मीरालाई कार्य विभागको जिम्मा, किरण सिआइबीमा

प्रहरीको कमान्डमा जनपदतर्फ नै दुई महिला एआइजी, मीरालाई कार्य विभागको जिम्मा, किरण सिआइबीमा

काठमाडौँ : नेपाल प्रहरीमा रिक्त रहेको एआइजीको चार पदमा बढुवा पाएकाहरूलाई सरकारले पदस्थापन गरेको छ। मन्त्रिपरिषदको बैठकले उनीहरूको पदस्थापन गरेको हो।

पदस्थापन हुँदा मिरा चौधरी कार्य विभाग, टेकबहादुर तामाङ अपराध अनुसन्धान विभाग, सन्दीप भण्डारी मानव स्रोत र सुदिप गिरीलाई प्रदेश समन्वय निर्देशनालयको जिम्मेवारी तोकिएको छ।

गृह मन्त्रालयले १३ चैतमा भण्डारी, गिरी, चौधरी र तामाङलाई डिआइजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो। सिफारिस अनुसार उनीहरूको बढुवा भएको हो।

यस अगाडि नै बढुवा भएका एआइजीमध्ये काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा एआइजी श्याम ज्ञवाली,केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा किरण बज्राचार्य, टेकप्रसाद राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र दीपक थापालाई प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा पदस्थापन गरेको थियो।

२४ चैत, २०७९, १३:१८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।