नारायणी अस्पतालको डायलाइसिस भवन सिद्धार्थ बैंकद्वारा हस्तान्तरण

नारायणी अस्पतालको डायलाइसिस भवन सिद्धार्थ बैंकद्वारा हस्तान्तरण

काठमाडौं : सिद्धार्थ बैंकको सहयोगमा निर्मित वीरगञ्जस्थित नारायणी अस्पतालको डायलाइसिस भवन अस्पताललाई हस्तान्तरण गरिएको छ।

५५ लाख लागतमा निर्माण भएको भवन बुधबार एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चित्रन्जन साहलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. साहले सिद्धार्थ बैंकको सहयोगले विरामीहरूलाई व्यवस्थित ढङ्गबाट अस्पतालको सेवा सुविधा प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

१६ चैत, २०७९, ०९:३७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।