बंगलादेश र आयरल्याण्डको दोस्रो टी–२० खेलमा टस हुनेबित्तिकै पानी पर्यो

बंगलादेश र आयरल्याण्डको दोस्रो टी–२० खेलमा टस हुनेबित्तिकै पानी पर्यो

काठमाडौं : बंगलादेश र आयरल्याण्डबीचको तीन खेलको टी–२० सिरिजको दोस्रो खेलको टस हुनेबित्तिकै पानी परेको छ।

ढाकास्थित चट्टोग्राम क्रिकेट स्टेडियममा टस हुनेबित्तिकै पानी परेपछि खेल हुन नसकेको हो। टस भने आयरल्याण्डले जितेर बलिङ गर्ने निर्णय गरेको थियो।

अहिले पनि त्यहाँ पानी परिरहेको छ भने ग्राउण्ड स्टाफले पिचलाई त्रिपालले छोपेका छन्।

यसअघि भएको पहिलो टी–२० खेल डिएल मेथोडमार्फत बंगलादेशले २२ रनले जितेको थियो। उक्त खेलमा पनि बीचमा वर्षा भएपछि खेल बीचमै रोक्नुपरेको थियो।

त्यसअघि भएका तीन खेलको एकदिवसीय सिरिज पनि बंगलादेशले २–० ले जितेको थियो। उक्त सिरिजको दोस्रो खेलमा पनि पानी परेपछि दुवै टोलीले अंक बाँडेका थिए।

१५ चैत, २०७९, १३:५८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।