एसीसी प्रिमियर कपका लागि क्यानद्वारा २१ सदस्यीय प्रारम्भिक टोली घोषणा

एसीसी प्रिमियर कपका लागि क्यानद्वारा २१ सदस्यीय प्रारम्भिक टोली घोषणा

काठमाडौं : घरेलु मैदानमा हुने एसीसी प्रिमियर कपका लागि नेपालले २१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।

एसिया कपका लागि छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार २१ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी छन्।

यसैगरी सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जीसी, ललित राजवंशी, सन्दीप जोरा, श्याम ढकाल (मौसम), कमलसिंह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल छन्।

प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको क्यानले यसैबाट टोली छनोट गर्नेछ।

१० राष्ट्र सम्मिलित प्रिमियर कप अप्रिल १८ देखि मे १ सम्म हुनेछ। यसको विजेताले आगामी जुन महिनामा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा स्थान बनाउनेछ।

१५ चैत, २०७९, ०९:२९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।