गण्डकी प्रदेशका चार क्रिकेट खेलाडी नगदसहित सम्मानित

गण्डकी प्रदेशका चार क्रिकेट खेलाडी नगदसहित सम्मानित

पोखरा : गण्डकी प्रदेश सरकारले चार क्रिकेट खेलाडीलाई सम्मान गरेको छ।

गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्दै आईसीसी क्रिकेट विश्वकप लिग–२ मा तेश्रो हुँदै ग्लोबल क्वालिफायरमा पुग्न सफल भएकोमा र यु-१९ विश्वकपमा पुग्न सफल भएकोमा चार खेलाडीलाई प्रदेश सरकारले नगदसहित सम्मान गरेको हो।

राष्ट्रिय क्रिकेट टिमका खेलाडी करण केसी, दिपक डुम्रे, अर्जुन कुमाल र सुवास भण्डारीलाई ५०–५० हजार नगद सहित मुख्यमन्त्री खगराज अधिकारी र सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङले सम्मान गरेका हुन्।

कार्यक्रममा मुख्यमन्त्री अधिकारीले राष्ट्रको गहनाका रूपमा रहेका खेलाडीलाई हौसला प्रदान गर्दै खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार सधैँ सकारात्मक रहेको बताए।

उनले खेलकुदको माध्यमबाट विश्वभर चिनाउन सफल खेलाडीको प्रदेश सरकारले प्राथमिकता रहेको बताए।

१४ चैत, २०७९, २०:१२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।