बुधबारबाट ‘थ्री नेसन्स कप’ सुरू, सात नयाँ खेलाडी समेट्दै नेपाली टोली घोषणा

बुधबारबाट ‘थ्री नेसन्स कप’ सुरू, सात नयाँ खेलाडी समेट्दै नेपाली टोली घोषणा

काठमाडौं : प्रधानमन्त्री कप ‘थ्री नेशन्स’ फुटबल सुरू हुन एकदिन बाँकी रहँदा नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ।

किरण चेम्जोङको कप्तानीमा मंगलबार घोषणा गरिएको २३ सदस्यीय टोलीमा ७ जना नयाँ अनुहारलाई पनि समेटिएको छ।

प्रतियोगिताअघि प्रिम्याच कन्फ्रेन्समा लाओस र नेपाल दुवैले राम्रो खेल्दै नतिजा आफ्नो पक्षमा पार्न प्रयास गर्ने बताए।

प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले पहिलो पटक राष्ट्रिय टिम सम्हाल्न लागेका छन्। यद्यपि, उनको श्रम स्वीकृतिको प्रक्रिया टुंगिएको छैन।

नेपालसहित भुटान र लाओसबीच हुने प्रतियोगिताको विजेताले ५ हजार डलर प्राप्त गर्ने छ। प्रतियोगिताका लागि भुटान र लाओसको टिम काठमाडौं आइसकेको छ।

दशरथ रंगशालामा नेपाल र लाओसबीचको उद्घाटन खेल बुधबार साँझ ६ बजे सुरू हुने अखिल नेपाल फुटबल संघले जनाएको छ। प्रतियोगिताको लाइभ नेपाल टेलिभिजनबाट गरिने छ।

मार्च २८ मा नेपाल र भुटानबीचको खेलअघि लाओसले मार्च २५ मा भुटानसँग खेल्नेछ। समूह चरणका सबै खेल साँझ ६ बजे सुरु हुनेछन्।

फाइनल मार्च ३१ मा साँझ ५ः३० बजे हुनेछ । सबै खेलहरू फिफा विन्डोमा खेलिनेछन्।

पहिलो पटक राष्ट्रिय टिममा बोलाइएका खेलाडीमा अभिषेक बराल, सनिश श्रेष्ठ, पदम भट्टराई, मणिकुमार लामा, सुमित श्रेष्ठ, नवीन लामा र दीपकराज सिंह ठकुरी रहेका छन्।

नेपाली टिमः
गोलरक्षक– किरण चेम्जोङ, दीप कार्की, अभिषेक बराल
डिफेन्डर– रोहित चन्द, अनन्त तामाङ, आदित्य चौधरी, विकास खवास, सनिश श्रेष्ठ, निशान खड्का, पदम भट्टराई
मिडफिल्डर– मणि लामा, नविन लामा, पुजन उपरकोटी, एरिक विष्ट, कमल थापा, आशिष चौधरी, आयुष घलान र सुमित श्रेष्ठ
फरवार्ड– दीपकराज सिंह ठकुरी, मनिष डाँगी, नवयुग श्रेष्ठ, भरत खवास र अन्जन विष्ट

७ चैत, २०७९, १६:५५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।