अस्ट्रेलिया ‘अलआउट’, भारतले ३९ ओभरमै भेट्टायो लक्ष्य

अस्ट्रेलिया ‘अलआउट’, भारतले ३९ ओभरमै भेट्टायो लक्ष्य

काठमाडौं : अस्ट्रेलियासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी भएको छ। गएराति सकिएको खेलमा भारत ५ विकेटले विजयी भएको हो।

जितसँगै भारतले तीन खेलको एकदिवसीय शृङ्खलामा १–० को अग्रता बनाएको छ। १ सय ८९ रनको लक्ष्य पछ्याएको भारतले ३९ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो। उसका केएल राहुलले अविजित ७५ तथा रविन्द्र जडेजाले ४५ रन बनाए।

अस्ट्रेलियाका मिचेल स्टार्सले ३ तथा मार्कुस स्टोनिसले २ विकेट लिए।

त्यसअघि मुम्बईको वाङ्खडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलिया ३५ ओभर ४ बलमा १ सय ८८ रन बनाउँदा अलआउट भयो। उसका मिचेल मार्सले सर्वाधिक ८१ रन बनाए।

बलिङतर्फ भारतका मोहम्मद शामी र मोहम्मद शिराजले ३/३ विकेट लिए ।

दुई देशबीचको दोस्रो एकदिवसीय खेल आइतबार र तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ।

४ चैत, २०७९, ०७:१७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।