अब पुनः श्रम स्वीकृति लिन नेपाल आउन नपर्ने

अब पुनः श्रम स्वीकृति लिन नेपाल आउन नपर्ने

काठमाडौं : श्रम स्वीकृति बनाएर विदेश गएका कामदारले अब पुनः श्रम स्वीकृतिका लागि नेपाल आउनु नपर्ने भएको छ।

प्रधानमन्त्री स्तरको निर्णयबाट सरकारले दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएसँगै अब पुनः श्रम स्वीकृति लिन नेपाल आउनुनपर्ने भएको हो।

अब सबै कामदारले गन्तब्य मुलुकबाट प्राप्त गरेको कार्य अनुमति र रोजगारदाता र श्रमिकबीच भएको कार्य सम्झौताका आधारलाई नै अवधि तोकिनेछ र सोही आधारमा श्रम स्वीकृति दिइने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

अब गन्तब्य मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति दिन सकिने गरी निर्णय भएको समेत मन्त्रालयले जनाएको छ।

यसका लागि बैंकिङ र मोबाइल एपबाट नेपालका खातामा रकम जम्मा गर्नसक्ने व्यवस्था समेत मन्त्रालयले गर्न लागेको सहसचिव डुण्डुराज घिमिरेले जानकारी दिए।

मन्त्रालयका अनुसार यसअनुसार वैदेशिक रोजगारीमा दुई वर्षे प्रावधान राख्दा कामदारको कार्य अवधि र भिसा अवधि छँदै श्रम स्वीकृति लिन बीचमा नै नेपाल आउनु पर्ने बाध्यता हट्ने छ।

विदेशमा बस्दा पनि आफ्नो मुलुकले दिएको श्रम स्वीकृतिको अवधि नपाई बस्नु पर्ने अवस्थाले बढी झमेलामा कामदार फस्ने गरेको गुनासोपछि सरकारले यस्तो निर्णय लिएको मन्त्रालयले जनाएको छ।

१ चैत, २०७९, १९:०६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।