९४५ दिनपछि हङकङमा अनिवार्य मास्क लगाउने व्यवस्था हट्यो

९४५ दिनपछि हङकङमा अनिवार्य मास्क लगाउने व्यवस्था हट्यो

एजेन्सी : हङकङमा ९४५ दिनपछि मास्क लगाउनैपर्ने बाध्यता हटाइएको छ। योसँगै विश्वमा कोभिडसँग सम्बन्धित सबैभन्दा लामो प्रतिबन्धको पनि अन्त्य भएको छ।

हङकङका नेता जोन लीले भने, ‘अब हङकङमा भाइरस नियन्त्रणमा छ र फेरि फैलिने कुनै ठूलो सङ्केत छैन।’

हङकङमा मास्क लगाउन बाध्यता जुलाई २०२० मा सुरू भएको थियो भने यो ९४५ दिनसम्म निरन्तर चल्यो।

यहाँ मास्क नलगाउनेलाई ५ हजार हङकङ डलरसम्मको जरिवाना तोकिएको थियो।

‘मास्क लगाउने बाध्यता हटाएपछि हङकङको अवस्था सामान्यमा फर्किनेछ,’ लीले मंगलबार भने, ‘यो वर्ष र अर्को वर्ष पनि हामी अर्थतन्त्र र विकासको लागि पूर्ण गतिमा काम गर्नेछौं।’

हङकङले कोरोनासँग लड्न चीनको प्रयासलाई अपनाइरहेको छ। यसमा शून्य कोविड रणनीति पनि समावेश छ।

हङकङमा जुन प्रकारको प्रतिबन्ध लगाइएको थियो त्यसले व्यापारलाई धेरै नोक्सान पुर्याएको थियो।

१७ फागुन, २०७९, १०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।