क्यासरको उपचारपछि बेलायती राजा चार्ल्सले अर्को सातादेखि सार्वजनिक जिम्मेवारी सम्हाल्ने

क्यासरको उपचारपछि बेलायती राजा चार्ल्सले अर्को सातादेखि सार्वजनिक जिम्मेवारी सम्हाल्ने

एजेन्सी : बेलायती राजा चार्ल्सले अर्को सातादेखि सार्वजनिक जिम्मेवारी सम्हाल्ने भएका छन्।

क्यान्सरको उपचारमा राम्रो नतिजा आएपछि उनले अर्को सातादेखि सार्वजनिक जिम्मेवारी सम्हाल्ने बकिङ्घम प्यालेसले जनाएको छ।

आधिकारिक जिम्मेवारीहरूको सन्दर्भमा, राजा चार्ल्स अझै पूर्ण रूपमा पुनरागमन गर्ने छैनन्। तर, बकिङ्घम प्यालेसले यसबारे सकारात्मक संकेत दिएको छ।

राजा चार्ल्सले अर्को मंगलबार क्यान्सर अस्पतालको सांकेतिक भ्रमण गर्नेछन्। ग्रीष्मकालीन योजनाहरूमा उनले जापानका राजा र रानीको भ्रमणको स्वागत गर्नेछन्।

राजा चार्ल्स सार्वजनिक कार्यक्रमहरूमा भाग लिन उत्साहित रहेको बताउँदै बकिङ्घम प्यालेसले आगामी साता सार्वजनिक समारोहहरूमा बढी भाग लिने समेत उल्लेख गर्यो।

राजा चार्ल्स फेब्रुअरीदेखि क्यान्सरको उपचार गराइरहेका छन्। बकिङ्घम प्यालेसले यो उपचार कति समयसम्म चल्ने हो भन्नेबारे अहिल्यै केही पनि बताएको छैन।

१५ बैशाख, २०८१, ०९:३०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।