युद्धविराम सम्झौता इजरायलद्वारा अस्वीकार,  गाजाको दक्षिणी शहर रफाहमा आक्रमण सुरू

युद्धविराम सम्झौता इजरायलद्वारा अस्वीकार,  गाजाको दक्षिणी शहर रफाहमा आक्रमण सुरू
GETTY IMAGES

एजेन्सी : इजरायली सेनाले गाजाको दक्षिणी शहर रफाहमा आक्रमण सुरु गरेको घोषणा गरेको छ।

रफाहमा हमास विरुद्ध ‘लक्षित आक्रमण’ गरिरहेको इजरायली रक्षा बल (आईडीएफ)ले जनाएको छ।

रफाहमा बसोबास गर्ने ठूलो संख्यामा शरणार्थीहरूलाई आक्रमण भइरहेको क्षेत्र छोडेर अन्य राहत शिविरहरूमा जान भनिएको छ।

इजरायलले खान युनिस नजिकै रहेको शिविरबाट एक लाख मानिसलाई बाहिर निकाल्न आदेश दिएको छ।

एकातिर रफाहमाथि हमला भइरहेको छ भने अर्कोतर्फ इजरायलले हमासको युद्धविराम सम्झौतालाई अस्वीकार गरेको छ।

इजरायलले सम्झौताबारे थप वार्ताका लागि कायरोमा प्रतिनिधिमण्डल पठाउने तयारी गरिरहेको बताएको छ।

हमासले सहमति जनाएको सम्झौता इजरायलको मागभन्दा धेरै टाढा रहेको इजरायली अधिकारीहरूको भनाइ छ।

हमासले जुन प्रस्ताव स्वीकार गर्ने भनेको छ, त्यसको मध्यस्थता इजिप्ट र कतारले गरिरहेका थिए। यद्यपी यस युद्धविराम प्रस्तावका शर्त र शर्तहरूबारे कुनै जानकारी आएको छैन।

यो सम्झौतामा इजरायली बन्धकहरूको रिहाइको बदलामा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने प्रस्ताव आउने सम्भावना रहेको विश्वास गरिएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल सरकार र हमासलाई सम्झौतामा सहमत हुन ‘अतिरिक्त प्रयास’ गर्न आग्रह गरेका छन्।

गुटेर्रेसले एक विज्ञप्ति जारी गर्दै रफाहमा ठूलो मात्रामा कारबाहीका संकेतहरू चिन्ताजनक रहेको बताएका छन्।

२५ बैशाख, २०८१, ०८:५२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।