चीनमाथि कारबाही गर्ने अमेरिकी विदेशमन्त्रीको चेतावनी

चीनमाथि कारबाही गर्ने अमेरिकी विदेशमन्त्रीको चेतावनी

एजेन्सी : युक्रेनमाथिको आक्रमणमा रुसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीनलाई कारबाही गर्ने चेतावनी दिएको छ।

चीनले युक्रेनमाथि आक्रमण गर्न प्रयोग भइरहेको सामान रुसलाई उपलब्ध गराउन नरोके कडा कारबाही गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चेतावनी छ।

तर, ब्लिन्केनले अमेरिकाले कस्तो कारबाही गर्न सक्छ भन्नेबारे केही भनेनन्। ब्लिन्केनले अमेरिका केही विषयमा अगाडि बढेको संकेत गरेका छन्।

शीतयुद्धपछि युरोपको सुरक्षा सबैभन्दा ठूलो खतरामा परेको र त्यसमा चीनले काम गरिरहेको ब्लिन्केनको आरोप छ। ब्लिन्केन २४ देखि २६ अप्रिलसम्म तीन दिने चीन भ्रमणमा आएका थिए।

शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई अमेरिकाले चीनको मामिलामा सीमा नाघ्न नहुने बताए।

१५ बैशाख, २०८१, ०८:४४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।