भारतमा ग्यासकाे मूल्य ५० देखि ३५० रूपैयाँसम्म बढ्यो

भारतमा ग्यासकाे मूल्य ५० देखि ३५० रूपैयाँसम्म बढ्यो

काठमाडौं : भारतमा खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ। घरायसी र व्यवसायिक प्रयोजनका लागि छुट्टा–छुट्टै मूल्य बढाइएको हो।

१४.२ किलोग्रामको घरेलु ग्यास सिलिण्डरको भाउ ५० रूपैयाँ बढेको भारतीय सञ्चारमाध्यामले जनाएका छन्। यससँगै ग्यासको मूल्य प्रतिसिलिण्डर ११ सय ३ रूपैयाँ पुगेको छ।

व्यापारिक प्रयोजनमा प्रयोग हुने १९ किलोग्रामको सिलिण्डरमा ३५० रूपैयाँ वृद्धि गरिएको छ।

व्यापारिक प्रयोजनको सिलिण्डरको भाउ २ हजार ११९ रूपैयाँ पुगेको छ। बढेको मूल्य बुधबारदेखि नै लागू हुने समाचारमा उल्लेख छ।

१७ फागुन, २०७९, ०९:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।