बुमराहले आईपीएल गुमाउने पक्का

बुमराहले आईपीएल गुमाउने पक्का

एजेन्सी : भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराहले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ गुमाउने भएका छन्।

मुम्बई इन्डियन्सका प्रमुख बलर बुमराहले ढाडको शल्यक्रियाको कारण बुमराहले प्रतियोगिता गुमाउने भएका हुन्। बुमराहले गतवर्ष टी-२० विश्वकप पनि चोटका कारण गुमाएका थिए।

यदि भारत आईसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेलेको खण्डमा उनले उक्त खेल पनि गुमाउने छन्।

बुमराहले आगामी अक्टोबर नोभेम्बरमा घरेलु मैदानमा हुने एकदिवसीय विश्वकपमा फर्कनसक्ने अनुमान गरिएको छ। ब्याक इन्जुरीको कारण बुमराहले गतवर्ष अगष्टमा एसिया कप गुमाएका थिए।

त्यसपछि उनी टी-२० विश्वकप टोलीमा देखिए। बुमराहले सेप्टेम्बरमा घरेलु मैदानमा अष्ट्रेलियाविरुद्ध दुई टी-२० आई खेल पनि खेलेका थिए। त्यसपछि उनी विश्वकपबाट बाहिरिन पुगेका थिए।

१७ फागुन, २०७९, ०७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।