वेस्ट इन्डिजसँगको दोस्रो खेलमा नेपाल पराजित, शृङ्खला १-१

वेस्ट इन्डिजसँगको दोस्रो खेलमा नेपाल पराजित, शृङ्खला १-१

काठमाडौँ : अन्तिम ओभरमा वेस्ट इन्डिज ‘ए’ टोलीका ब्याटरलाई दबाबमा राख्न नसक्दा दोस्रो टी२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली १० रनले पराजित भयो।

वेस्ट इन्डिजसँगको पहिलो खेल नेपालले चार विकेटले जितेको थियो। दोस्रो खेलमा हार भएसँगै सिरिजमा १-१ को बराबरी भएको छ।

टस जितेर पहिलो ब्याटिङ रोजेको वेस्ट इन्डिजको टोली १७ औँ ओवरसम्म दबाबमा थियो। सात विकेट गुमिसकेको थियो। दुई ओभरमा वेस्ट इन्डिजले १६० रन बनाएर एक सय ६१ रनको चुनौती दिएको थियो।

ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो। नेपालका कप्तान रोहित पौडेलले ४८ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ७१ रन बनाएका थिए।

अन्तिम दुई ओभरमा २६ रन खोजेको नेपाल असफल भयो। ओपनर लोकेश बमले १२ बलमा १७ रन बनाइका थिए। तर चोटका कारण उनी मैदानबाट बाहिरिन बाध्य भए।

ओपनर कुशल भुर्तेल २ रन मात्र बनाएर आउट भए। अनिल शाहले १ रन मात्र बनाए।

लोकेश १६ बलमा १७ रन बनाएर आउट भए। कुशल मल्लले एक रन पनि बनाउन सकेनन्। गुलशन झाले ११ बलमा ३ चौका र २ छक्का सहित २६ रन बनाएका थिए।

आरिफ शेखले १६ बलमा १२ रन बनाए। दीपेन्द्र ५ बलमा ३ रन बनाएर आउट भए। सोमपाल कामीले ५ बल खेल्दै ३ रन मात्र बनाए।

वेस्ट इन्डिजका ओबेद म्याककोय र गुडाकेश मोतीले २-२ विकेट लिए भने ओशेन थोमस र रोस्टन चेज १-१ विकेट लिए।

टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर वेस्ट इन्डिजले ब्याटिङ रोजेको थियो।  

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाएका थिए। गुडाकेश मोतीले खेलको अन्तिम इनिङमा ८ बलमा २ चौका र ४ छक्का सहित ३३ रन बनाएका थिए। म्याथ्यु फर्डले ११ रन बनाए।

१६ बैशाख, २०८१, १६:२८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।