ज्यान दिन नारायणी नदिमा हाम फालेका व्यक्तिको सशस्त्रले गर्‍यो जीवितै उद्धार

ज्यान दिन नारायणी नदिमा हाम फालेका व्यक्तिको सशस्त्रले गर्‍यो जीवितै उद्धार

काठमाडौं : चितवन जिल्लाको भरतपुर महानगरपालिका-३ पुल्चोकस्थित पुलबाट फागुन १५ गते बेलुका नारायणी नदिमा हाम फालेका एक जनाको सशस्त्र प्रहरीले तत्कालै सकुशल उद्धार गरेको छ। 

सोही जिल्लाको खैरहनी नगरपालिका-९ बस्ने २० वर्षीय मनिष महतो नारायणीमा हाम फालेका थिए।

यसबारे जनाकारी पाए लगत्तै नारयणी किनारमा गोताखोर सहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल, ईमिडियट रेस्पोन्स टिम (आईआरटी) पोष्ट पुल्चोकले उनलाई घटनास्थलभन्दा करिब १ किलोमिटर तल नदिको बीचबाट जिवितै उद्धार गरेको हो।

उद्धारपश्चात उनलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाइएको छ। 

१६ फागुन, २०७९, १५:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।