मोरङ र झापामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

मोरङ र झापामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं: मोरङ र झापाको छुट्टाछुट्टै दुई स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान ७ बजे मोरङको पथरी शनिश्चरे नगरपालिका-२ जय चोकस्थित पूर्व-पश्चिम राजमार्गमा प्रदेश १-०२-००४० प  ७७८५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

सो दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मिक्लाजुङ-७ मधुमल्लाका २५ वर्षीय मनिहाङ लिम्बूको उपचारको क्रममा मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा मृत्यु भएको हो।

सोही दिन बेलुका ६ बजे झापाको विर्तामोड नगरपालिका-९ स्थित भित्री सडकखण्डमा धान बोकेको प्रदेश १-०१-००१ त ८४८९ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार विर्तामोड-९ का ७२ वर्षीय बुद्धिराज श्रेष्ठ घाइते भएका थिए। उनलाई उपचारको लागि बीएण्डसी अस्पताल विर्तामोड लगिएकोमा उनको अस्पताल पुर्याउनासाथ मृत्यु भएको थियो।

दुर्घटनामा संलग्न रहेका ट्र्याक्टर चालक ज्ञानबहादुर श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

११ मंसिर, २०७९, १२:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।