नाइजेरियामा दुईटा बस ठोकिँदा ३७ जनाको मृत्यु

नाइजेरियामा दुईटा बस ठोकिँदा ३७ जनाको मृत्यु

एजेन्सी: नाइजेरियामा मङ्गलबार भएको बस दुर्घटनमा परी कम्तीमा पनि ३७ जनाको ज्यान गएको छ। नाइजेरियाको उत्तरपूर्वी बोर्नाे राज्यमा दुई बस आपसमा जुधेका थिए।

बोर्नाे प्रान्तको प्रान्तीय ट्राफिक प्रहरीका कमाण्डर उतेन बोइले सडकमा दुई तर्फबाट आएका बस आपसमा ठोक्किन पुगेका बताएका छन्। बस ठोक्किँदा बसमा आगो लागेको उनले बताए।

बसमा आगो लागेपछि अधिकांश यात्रुको जलेर मृत्यु भएको बताइएको छ। बोर्नाे राज्यको माइदुगुरी सडकमा यस्तो दुर्घटना भएको हो।

दुवै बस द्रुतगतिमा गुडेका र आपसमा गति गुमाउन पुगेका बताइएको छ। सडकमा बस ठोकिएर निकै परसम्म पुगेको थियो। यसबाट दुर्घटनास्थलमै धेरैको ज्यान गएको थियो।

नाइजेरियामा यस्ता सडक दुर्घटनाहरू प्रायः हुने गरेका बताइन्छ। खासगरी खराब अवस्थामा रहेका सडकहरू तथा यहाँका चालकहरूले भद्रगोल रुपमा सवारी हाँक्ने गरेकाले यस्ता दुर्घटनाहरू हुने गरेका प्रहरीको भनाइ छ।

७ मंसिर, २०७९, १३:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।