इरानी सुरक्षा बलद्वारा एक किशोरी प्रदर्शनकारीको यौन दुर्व्यवहारपछि हत्या गरेको खुलासा

इरानी सुरक्षा बलद्वारा एक किशोरी प्रदर्शनकारीको यौन दुर्व्यवहारपछि हत्या गरेको खुलासा

एजेन्सी : एक इरानी किशोरीलाई इरानको सुरक्षा बलमा काम गर्ने तीन जना पुरुषले यौन दुर्व्यवहारपछि हत्या गरेको खुलासा भएको छ।

सुरक्षा बलका अधिकारीहरूले लेखेको एउटा गोप्य कागजात लिक हुँदा यो विषय बाहिरिएको हो। यी कागजातहरू मार्फत बीबीसीले सन् २०२२ मा इरानमा जारी विरोध प्रदर्शनका क्रममा अचानक बेपत्ता भएकी १६ वर्षीया निका शकरमानीबारे पत्ता लगाएको हो।

हराएको नौ दिनपछि उनको शव फेला परेको थियो। इरान सरकारले उनले आत्महत्या गरेको दाबी गरेको थियो। बीबीसीले यी आरोपहरूको बारेमा इरानी सरकार र रिभोलुसनरी गार्ड सोध्दा कुनै प्रतिक्रिया नपाएको जनाएको छ।

यो रिपोर्ट ‘अत्यधिक गोप्य’को रूपमा मार्क गरिएको थियो। यो रिपोर्ट सुरक्षा बल इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)द्वारा निकाको मुद्दामा गरिएको सुनुवाइको सारांश हो।

यसमा उनका हत्याराहरू र सत्य लुकाउन खोज्ने वरिष्ठ कमाण्डरहरूको नाम समावेश छ। निकालाई गोप्य भ्यानमा राखिएपछि उनलाई त्यहाँ एक व्यक्तिले शोषण गरेको थियो।

उनलाई हतकडी लगाएपछि उनले विरोध गरिन् र हात खुट्टा चलाएर आफूलाई बचाउने प्रयास गरिन्। उनले बढी हलचल गरेपछि लाठीले हानिएको समाचारमा उल्लेख छ।

यस विषयमा महिनौंदेखि अनुसन्धान गरेपछि बीबीसीले निकाको जीवनको अत्यमा के भयो भन्नेबारे पत्ता लगाएको हो।

१८ बैशाख, २०८१, १०:२६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।