प्रहरीको आईजीपी नियुक्तिविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै

प्रहरीको आईजीपी नियुक्तिविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै

काठमाडौंः नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

यसअघि असार ५ मा मुद्दाको सुनुवाइ भएको थियो। आजको सुनुवाइमा एआईजी विश्वराज पोखरेलका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन्। आईजीपी धिरजप्रताप सिंहको तर्फबाट आज कानून व्यवसायीले बहस गर्नेछन्।

मन्त्रिपरिषद्ले गत वैशाख १८ मा सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। भोलिपल्टै पोखरेलले आफूभन्दा १७ महिना जुनियर सिंहलाई आईजीपी बनाएको भन्दै सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए।

१३ असार, २०७९, ०९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।