बुटवलमा पशु वधशाला निर्माण : किसान  बिचौलियाको मारमा नपर्ने दाबी  

बुटवलमा पशु वधशाला निर्माण : किसान  बिचौलियाको मारमा नपर्ने दाबी  

मासु व्यवसायी सङ्घ रुपन्देहीको ११ औँ वार्षिक साधारण सभा तथा छैटौँ  अधिवेशन कार्यक्रममा नगर प्रमुख सुवेदीले मेसिन अर्डर भइसकेको र संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको बताए। 

वधशालाको हालसम्म भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ४५ प्रतिशत भएको उनले जानकारी दिए। उनले वधशाला सञ्चालन गर्न मासु व्यवसायीहरुसंग सम्झौता समेत भइसकेको बताए। वधशाला निर्माण पछि किसान  बिचौलियाको मारमा पर्न नपर्ने उनले दाबी गरे। 

मासु व्यवसायी सङ्घका अध्यक्ष कृष्णप्रसाद पौडेलले वधशाला सञ्चालनका लागि बुटवल मासु उत्पादन तथा प्रशोधन केन्द्र प्रा.लि स्थापना भएको बताए। 

उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनीका अध्यक्ष तेज कुमार पाठकले स्वास्थ्यकर, गुणस्तर र निरोगी पशुको मासु उपभोक्तालाई उपलब्ध गराउन आग्रह गरे।  

सङ्घको अध्यक्षमा चुरामणि घिमिरे

सङ्घको ११ औँ वार्षिक साधारण सभा तथा छैटौँ  अधिवेशनबाट अध्यक्षमा चुरामणि घिमिरे निर्विरोध निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा मोहन खत्री, उपाध्यक्षमा मसउद आलम, महासचिवमा विशाल थापा, कोषाध्यक्षमा गोपाल क्षेत्री र सहकोषाध्यक्षमा कृषिराम राई भाट निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत यमलाल खनालले जानकारी दिए। 

त्यस्तै सदस्यहरूमा बालप्रसाद श्रेष्ठ, हरि बहादुर कुँवर, अहमद हुसेन, प्रेम राना, रोशन बहादुर खत्री, सुनिता थापा क्षेत्री, विमा थापा, देउती प्रसाद सापकोटा, थानेश्वर पाण्डे, ओम बहादुर थापा, थानेश्वर सुवेदी र तइयव हुसेन निर्वाचित भएका छन्। 

निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यलाई प्रमुख निर्वाचन अधिकृत खनालले पद तथा गोपनीयताको शपथ खुवाए।

२९ पुस, २०७८, २१:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।