सरकारको चालु खाता र शोधनान्तर स्थिति दुवै घाटामा 

सरकारको चालु खाता र शोधनान्तर स्थिति दुवै घाटामा 

अघिल्लो वर्षको यही अवधिमा चालु खाता २३ अर्ब रुपैयाँले मात्र घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५२ करोडले घाटामा रहेको राष्ट्र बैङ्कले जनाएको छ। 

बैङ्कका अनुसार समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २.४ प्रतिशतले कमी आई ४ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५७.० प्रतिशतले वृद्धि भई ७ अर्ब ७ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ७५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५० करोड रुपैयाँ थियो।

सरकारको चालु खाता मात्रै नभएर शोधनान्तर स्थिति पनि घाटामा रहेको बैङ्कले जनाएको छ। शोधनान्तर स्थिति १९५ अर्ब १ करोड रुपैयाँले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १०६ अर्ब ४८ करोड रुपैयाँले बचतमा थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको बैङ्कले जनाएको छ। 

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले घटेको छ। विप्रेषण आप्रबाह ३८८ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भई १ लाख ३१ हजार ८२ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९२.७ प्रतिशतले घटेको थियो। 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार ५८० पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७७.३  प्रतिशतले घटेको थियो।

२०७८ मङ्सिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.९३ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.२५ प्रतिशत रहेको छ।

२०७७ मङ्सिरको तुलनामा २०७८ मङ्सिरमा घ्यू तथा तेलको मूल्य बढेर २८.५२ प्रतिशत, यातायात १६.२५ प्रतिशत, दाल तथा गेडागुडी ११.७९ प्रतिशत, शिक्षा ११.७८ प्रतिशत र सुर्तीजन्य वस्तु उपसमूहको मूल्य ११.७४ प्रतिशत कायम भएको राष्ट्र बैङ्कले जनाएको छ। 

समीक्षा महिनामा काठमाडौँ उपत्यकामा ५.९१ प्रतिशत, तराईमा ७.५२ प्रतिशत, पहाडमा ६.९५ प्रतिशत र हिमालमा ४.९१ प्रतिशत मुद्रास्फीति रहेको छ। 

आयात ५९.५ प्रतिशतले र निर्यात १०५.६ प्रतिशतले बढेको राष्ट्र बैङ्कले जनाएको छ।

२९ पुस, २०७८, १६:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।