राजतन्त्रको भूत जोगाउने कोसिस भयो: नेपाल

राजतन्त्रको भूत जोगाउने कोसिस भयो: नेपाल

बुटवलः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रको भूत जोगाउने कोसिस भइरहेको बताएका छन्। बुटवलमा समाजवादी प्रेस संगठन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्। 

उनले सबैलाई अग्रगामी सोच राख्न पनि आग्रह गरे। इतिहासमा हराएका शक्तिलाई खोजी खोजी ल्याउने प्रयत्न नगर्न भन्दै उनले आन्दोलनबाट प्राप्त उपलब्धीलाई जोगाउन राप्रपालाई सहयोग गर्न आग्रह गरे।

´राजतन्त्र फर्काउन सम्भव छैन। समाजवादतर्फ देश अघि बढ्यो`, उनले भने।

त्यस्तै उनले राष्ट्रिय सभा चुनावमा गठबन्धन मिलेर उम्मदवार तयार गर्ने समेत बताए। कतिपयले गठबन्धन टुटाउने प्रयास समेत गरेको बताउँदै गठबन्धन नटुट्ने उनको भनाइ छ। ´०७४ को चुनावमा गठबन्धन गर्दा जायज हुने अहिले नहुने? राप्रपासँग मिल्ने, माओवादीसँग पाउ पर्ने अनि अहिले जायज छैन भन्ने कुराको कुनै तुक छैन`, उनले भने।

उनले दलाल पुँजीवाद हावी भएको र समाजमा विकृति ल्याएको समेत टिप्पणी गरे।´नेताहरू त्यसैमा डुबे, यी विकृति हटाउन पर्छ।जनताका पीडा सम्बोधन गर्न पर्दछ`, उनले भने।

२५ मंसिर, २०७८, ०८:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।