नेपाली सेनालाई भारतीय सेनाको पाँच वटा वर्कशप ट्रक उपहार 

नेपाली सेनालाई भारतीय सेनाको पाँच वटा वर्कशप ट्रक उपहार 

नेपाली सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा भारतका रक्षा सहचारी कर्णेल अमित शर्माले भारतीय सेनाको तर्फबाट पाँच वटा वर्कशप ट्रक नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टलाई हस्तान्तरण गरेका नेपाली सेनाले जनाएको छ। 

कम्प्याक्ट मोबाइल वर्कशपको रूपमा काम गर्ने यी वर्क शप ट्रकहरूले नेपाली सेनाको सवारी साधनको सहज र निर्बाध कार्यक्षमता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने नेपालमा रहेको भारतीय दूतावासले जनाएको छ। 

प्रधानसेनापति प्रभुराम शर्माले हालै भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरी स्वदेश फर्किए पश्चात् सो ट्रकहरू उपहार स्वरूप प्रदान गरिएको दूतावासले विज्ञप्ति निकालेर जानकारी दिएको छ।

९ मंसिर, २०७८, १६:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।