प्रधानन्यायाधीशलाई महाभियाेग लगाउने बारे छलफल भएकाे छैन: नेता नेपाल

प्रधानन्यायाधीशलाई महाभियाेग लगाउने बारे छलफल भएकाे छैन: नेता नेपाल

धनगढीः एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणालाई महाभियाेग लगाउने बारे छलफल नभएकाे बताएका छन्। धनगढीमा आयाेजित एक कार्यक्रममा उनले यस्ताे बताएका हुन्।

'महाभियाेगबारेमा प्रवेशै गरेकाे छैन। त्याे बारेमा हामीले छलफलै गरेकाे छैन। म अहिले बाहिरकाे बाहिरै छु', उनले भने। 

यस्तै उनले गठबन्धन दलकाे सहकार्य चुनावसम्म जाने पनि बताएका छन्। एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमाेर्चा र नेपाली कांग्रेसकाे संयुक्त सरकारले चुनावसम्म पनि सहकार्य गर्दै जाने उनले बताए। 

'अरू पार्टीसँग पनि तालमेल मिलाउनका लागि छलफल परामर्श गर्दैछाैं', उनले भने। 

११ कात्तिक, २०७८, ०९:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।