केही दिनभित्रै बागमतीमा एकीकृत समाजवादीकाे नेतृत्त्वमा सरकार गठन हुन्छः अध्यक्ष नेपाल

केही दिनभित्रै बागमतीमा एकीकृत समाजवादीकाे नेतृत्त्वमा सरकार गठन हुन्छः अध्यक्ष नेपाल

काठमाडाैंः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ पार्टी स्थापना गरेकाे बताएका छन्। एकीकृत समाजवादी पार्टीको मकवानपुर जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै उनले देश र जनताको पक्षमा निस्वार्थ एवं पवित्र भावनाका साथ गठन भएको नयाँ पार्टीले काम गर्ने प्रतिबद्दता व्यक्त गरे।

नयाँ पार्टी गफ दिएर होइन काम गरेर जनताको मन जित्ने असल बन्ने अध्यक्ष नेपालले बताए। देशका सातै प्रदेशमा आफ्नो पार्टीको प्रभुत्व बढ्दै गएको उल्लेख गर्दै उनले केही दिनभित्र बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्त्वकाे सरकार गठन हुने दाबीसमेत गरे।

पार्टीका केन्द्रीय सदस्य विरोध खतिवडाले केपी ओलीका कारण पार्टी फुटेको आरोप लगाउँदै विस्तारै त्यहाँका नेता तथा कार्यकर्तासमेत आफ्नो पार्टीमा आउने बताए।

९ असोज, २०७८, १९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।