राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको औपचारिक निर्णय

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको औपचारिक निर्णय

काठमाडौं : एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ। 

आठ दलीय नयाँ गठबन्धनमा आवद्ध सो दलको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रपति निर्वाचनमा पौडेललाई मतदान गर्ने औपचारिक निर्णय गरेको हो।

गठबन्धनका साझा उम्मेदवार पौडेललाई राष्ट्रपति निर्वाचनमा मतदान गर्ने एकमात्रै निर्णय बैठकले गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको थियो।

उनले सरकारमा जाने विषयमा पार्टी सकारात्मक भएपनि समय आइनसकेकाले बैठकमा त्यस विषयमा छलफल नभएको बताए।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ। त्यसका लागि कांग्रेससहितका आठ दलको तर्फबाट रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् भने एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार बनेका छन्।

१७ फागुन, २०७९, १८:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।