युनिलिभर र राडोले हेटौँडामा समुदायमुखी सामाजिक उत्तरदायित्व कार्यक्रम सुरु गर्‍यो

युनिलिभर र राडोले हेटौँडामा समुदायमुखी सामाजिक उत्तरदायित्व कार्यक्रम सुरु गर्‍यो

हेटौँडा : युनिलिभर नेपाल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व  अन्तर्गत हेटौँडामा वातावरण तथा समुदायमुखी परियोजनाको सुरुवात गरेको छ। राडो नेपालसँगको सहकार्यमा हेटौँडा–३, बसामाडीस्थित सिमलथली समुदायमा सरोकारवालाको सहभागितामार्फत वातावरणीय तथा सामाजिक सबलता निर्माण नामक परियोजना सुरु गरेको हो।

परियोजनाको मुख्य उद्देश्य स्थानीय समुदायको प्रत्यक्ष सहभागितामार्फत नेपालमा जल संरक्षण सम्बन्धी गतिविधिहरूलाई थप सुदृढ र दिगो बनाउनु रहेको कम्पनीले जानकारी दिएको छ।

कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले युनिलिभर नेपालको नेतृत्व टोलीको उपस्थितिमा स्थानीय महिलाहरूलाई बिरुवा तथा रुखका बेर्नाहरू हस्तान्तरण गरेका थिए। उद्घाटन कार्यक्रममा युनिलिभर नेपाल, राडो नेपाल, स्थानीय सरकारी निकाय, नागरिक समाजका संस्था तथा स्थानीय लाभग्राही, विशेष गरी स्थानीय महिलाहरू गरी करिब ८५ जना उपस्थित थिए।

कार्यक्रममा बोल्दै युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले व्यावसायिक वृद्धि र समुदायको सबलतासँगसँगै अघि बढ्नुपर्छ भन्ने विश्वासका आधारमा स्थानीय सरोकारवाला र समुदायसँग नजिकबाट सहकार्य गर्दै दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने प्रतिबद्धता अनुरूप काम सुरु भएको बताए।

“नेपालका लागि हित हुने कुरा युनिलिभरका लागि पनि हित हुनु हो, र हामी देशको वातावरणीय तथा सामाजिक प्रगतिमा अर्थपूर्ण योगदान दिन निरन्तर प्रतिबद्ध छौँ" उनले भने।

राडो नेपालका अध्यक्ष डा. कृष्ण धितालले जलवायु जोखिमको सामना गर्न समुदायको नेतृत्वमा हुने पहलको महत्त्व बताए।

युनिलिभर नेपालका कानुनी प्रमुख तथा कम्पनी सचिव गोविन्द शाहीले दिगो विकासका लागि जवाफदेहिता, अनुपालना र साझा जिम्मेवारीमा आधारित हुनुपर्ने बताए। 

जेठ ८, २०८३ शुक्रबार १८:३६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।