६ चलचित्र पत्रकार पुरस्कृत
काठमाडौं : चलचित्र पत्रकार संघले ६ चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। 'राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८३' अन्तर्गत ५५ हजार ५ सय ५५ रुपैयाँ राशिसहित अनन्त वाग्लेलाई सम्मान गरियो। 'राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८३' जयन सुब्बा मानन्धर र कुबेरराज गिरीलाई प्रदान गरियो।
'राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३' अन्तर्गत ५१ हजार रुपैयाँ राशिसहित वैकुण्ठराज पराजुली पुरस्कृत भए भने 'स्वर्गीय दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८३' अन्तर्गत ५१ हजार रुपैयाँ राशिसहित सुरक्षा भट्टराई सम्मानित भइन्।
राष्ट्रिय 'चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान २०८३' अन्तर्गत २५ हजार रुपैयाँ राशिसहित मिलन ढुंगानालाई सम्मान गरिएको थियो। कार्यक्रममा स्वर्गीय दिनेश सिटौलालाई मरणोपरान्त विशेष सम्मान गरिएको थियो।
जेठ ८, २०८३ शुक्रबार १७:४७:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।