जेठ १४ गतेपछि ४ दिन सार्वजनिक बिदा

जेठ १४ गतेपछि ४ दिन सार्वजनिक बिदा

काठमाडौं : सरकारले आगामी जेठ १४ गते बिहीबारका दिन बकर ईद (ईद-उल-अज्हा)को अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त दिन सार्वजनिक बिदा रहने जानकारी गराएको हो।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्ति अनुसार, नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको छ।

सोही व्यवस्था अनुसार मुस्लिम आयोगबाट वर्ष २०८३ को जेठ १४ गते बिहीबार बकर ईद परेको जानकारी प्राप्त भएकाले सरकारले देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयले स्पष्ट पारेको छ।

यसका अलावा जेठ १५ गते गणतन्त्र दिवस तथा १६ र १७ गते क्रमश: शनिबार र आइतबारको सार्वजनिक बिदा परेको छ।

जेठ ८, २०८३ शुक्रबार १२:२७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।