जगद्गुरु शंकराचार्यलाई ल्याउन मंगलुरु पुग्यो यती एयरलाइन्सको चार्टर विमान
काठमाडौं : जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती सन्निधानम् ऐतिहासिक धार्मिक विजय यात्रामा सहभागी हुन जेठ ९ गते नेपाल आउने भएका छन्।
उनी यती एयरलाइन्सको विशेष चार्टर उडानमार्फत भारतबाट नेपाल आउन लागेका हुन्। एयरलाइन्सका अनुसार उनलाई लिन जहाज सोमबार नै भारतको मंगलुरु अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको छ।
शंकराचार्य बुधबार सोही विमानमार्फत काठमाडौं ओर्लिने कार्यतालिका रहेको छ। काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा जेठ ८ गतेदेखि १४ गतेसम्म उक्त धार्मिक विजय यात्रा सञ्चालन हुने आयोजकले जनाएका छन्।
एक सातासम्म चल्ने आध्यात्मिक कार्यक्रममा विभिन्न धार्मिक अनुष्ठान र गतिविधिहरू सञ्चालन गरिनेछन्। उनको भ्रमणलाई नेपालको धार्मिक तथा आध्यात्मिक क्षेत्रमा महत्त्वपूर्ण मानिएको छ।
जेठ ७, २०८३ बिहीबार १८:२५:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।