१२ अंकले घट्यो नेप्से, ३ अर्ब ८९ करोडको कारोबार
काठमाडौं : बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ। आज नेप्से १२.३६ अंकले घटेर २७४२विन्दुमा कायम भएको छ।
बजार घटेपनि कारोबार रकम भने बढेको छ। आज ३ अर्ब ८९ करोडको कारोबार भयो। बुधबार ३ अर्ब ८२ करोडको कारोबार भएको थियो।
७२ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने नौको स्थिर रह्यो।
म्युचुअल फन्डबाहेक सबै समूहका उपसूचक घटेका छन्। म्युचुअल फन्ड ०.३१ प्रतिशत बढेको छ।
बैंकिङ ०.५७, विकास बैंक ०.३१, फाइनान्स ०.२१, होटल तथा पर्यटन ०.८६, हाइड्रोपावर ०.६८, लगानी ०.३३, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.३६, माइक्रोफाइनान्स ०.५०, निर्जीवन बीमा ०.४२ र अन्य ०.३१ प्रतिशत घटेका छन्।
आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, रिडी पावर, बुंगल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र फर्स्ट माइक्रोफाइनान्स छन् ।
जेठ ७, २०८३ बिहीबार १५:२६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।