तोलामा १८ सय बढ्यो सुनको मूल्य, चाँदी पनि महंगियो
काठमाडौं : नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ।
बुधबारको तुलनामा आज सुन तोलामा एक हजार आठ सय र चाँदी ९० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।
बुधबार सुन प्रतितोला दुई लाख ९२ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि ९० रुपैयाँले बढेर तोलामा पाँच हजार ५० रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको थियो।
जेठ ७, २०८३ बिहीबार ११:२३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।